logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुर्गेशको नयाँ गीत ‘पैसा’ मा पनि छाडा शब्द, प्रशारणमा प्रतिबन्ध लगाउन समाजवादी महिलाको माग


अंकुरण खबर
780
Shares

गायक दुर्गेश थापा नयाँ गीत ‘पैसा’ पनि विवादमा तानिएको छ ।

गीतमा आपत्तिजनक र छाडा शब्दसमेत प्रयोग गरिएको भन्दै वैज्ञानिक समाजवादी महिला संगठनले प्रशारणमा प्रतिबन्ध लगाउन माग गरेको छ ।

रक शैलीमा तयार गीतमा दुर्गेश ‘पैसा’ लाई सर्वोपरी रुपमा प्रस्तुत गरेका छन् । ‘अर्धनग्न महिलाको शरीरलाई पैसासँग जोडेर अश्लिल तरिकाले प्रदर्शन गरेर महिलाको वस्तुकरण गरिएको छ,’ संगठनका संयोजक धनकुमार सुनारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कलाकारले प्रयोग गर्ने शव्द, भेषभुषा र प्रस्तूतिले समाजमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ ।’

‘पैसा’ म्युजिक भिडियो प्रशारण तत्काल बन्द गर्न पनि माग गरिएको छ ।

Avatar