नेकपा (एकीकृत समाजवादी)का नेता डा दुमनिसिंह थापाको निधन भएको छ ।
अर्घाखाँची जिल्लाबाट पहिलो संविधानसभामा निर्वाचित थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको हो ।
केही समय अघि उनको मिर्गौला प्रत्यारोपण भएको थियो ।
एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए । उनी मेगा बैंकका संस्थापक तथा पूर्व संचालक पनि हुन् ।