logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हिमाली जिल्ला हुम्लामा अति विपन्न सुत्केरीलाई आर्थिक सहयोग


अंकुरण खबर
702
Shares

हिमाली जिल्ला हुम्लामा पहिलोपटक डिजिटल प्रविधिबाट अतिविपन्न दसजना महिलालाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

निम्न आयस्रोत भएका महिलालाई आरसिएसी नामक संस्थाको समन्वयमा राहत नामक संस्थाले खाद्यान्न सहयोग प्रदान गरेको जिल्ला अस्पताल हुम्लाकी नर्स केसाङ डोल्मा लामाले बताइन् ।

जिल्ला अस्पताल हुम्लामा सुत्केरी भएकामध्ये दैनिक काम गरेर खाने, काम गर्न नपाउँदा आर्थिक अभावसँगै घरमा खाद्यान्न अभाव भएकाप्रति महिलालाई १० केजी चामल, पाँच केजी दाल, एक किलो नुन, चिनी, एक प्योकट तेल र एक क्यारेक्ट अण्डा सहयोग गरिँदै आएको नर्स लामाले बताइन् । एक जना महिलालाई तीन हजार सात सय ५० रुपैयाँ बराबरको आर्थिक सहयोग गरिँदै आएको जनाइएको छ ।

मोबाइलमा एप्सको प्रयोग गरेर क्युआर कोडको आधारमा उनीहरूलाई सदरमुकाम सिमकोटमा रहेको टी सप्लायर्स पसलसँग सम्झौता गरेर त्यतैबाट खाद्यान्नदेखि सरसफाइका सामग्री सहयोग गरिँदै आएको हो ।

यस्ता सामग्री विशेष गरी दैनिक काम गरेर जीविकोपार्जन गर्दै आएका अति गरिब जो जिल्ला अस्पतालमा सुत्केरी भएका महिलालाई दिने गरिएको छ । सुत्केरी भएका शारीरिक रूपमा अशक्त, विपन्न एकल महिलाका परिवारले सहयोग पाउने गरेका छन् ।