logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घट्न थाले कोरोना संक्रमित, २४ घण्टामा थपिए ५,२९२ जना संक्रमित, ८ जनाको मृत्यु


अंकुरण खबर
949
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १६ हजार ८८ जनाको परीक्षण गर्दा ५ हजार २ सय ९२ जनामा संक्रमण पुष्टि भएको हो । जसमा ३ हजार ४ सय ७२ जनाको पीसीआर र १ हजार ८ सय २० जनामा एन्टीजेनबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ ।

पछिल्ला केही दिनमा नेपालमा परीक्षण घटेसँगै संक्रमितको संख्यामा समेत कमि आएको हो ।

त्यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १ सय ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ६२ हजार ८ सय ९८ पुगेको छ ।

हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ७९ हजार २ सय ७२ पुगेको छ भने, कुल मृत्यु हुनेको संख्या ११ हजार ७ सय ४३ पुगेको छ ।