logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एनआरएनए निर्वाचनको अनुगमनको जिम्मा परराष्ट्रले गठन गरेको समितिलाई दिनुपर्ने माग


अंकुरण खबर
338
Shares

गैरआवासीय नेपाली संघ (एनआरएनए)का तीन जना अभियन्ताले संघद्वारा गठित उच्चस्तरीय समितिलाई एक पत्र पठाई परराष्ट्र मन्त्रालयले बनाएको अनुगमन समितिले संघको निर्वाचनको सम्पूर्ण अनुगमन गर्नुपर्ने माग गरेका छन् ।

पूर्वकेन्द्रीय सचिव जानकी गुरुङ, मानार्थ आइसीसी सदस्य शनिकुमार ओली र राष्ट्रिय समन्वय परिषद ९एनसीसी० अमेरिकाका सल्लाहकार वेद खरेलले संघका प्रमुख संरक्षक तथा उच्चस्तरीय समितिका संयोजक शेष घलेलाई एक पत्र पठाउँदै त्यस्तो माग गरेका हुन् ।

ुएमआइएस प्रणालीद्वारा निर्वाचन गरिएका देश जापान, बेल्जियममा व्यापक विवाद उत्पन्न भएकाले संघले बनाएको एमआइएस प्रणालीमा हाम्रो विश्वास छैन। त्यसैले परराष्ट्र मन्त्रालयले बनाएको अनुगमन समितिले निर्वाचनको सम्पूर्ण अनुगमन गर्नु पर्छ र त्यहि अनुगमन समितिमा आईटी विशेषज्ञ सहित सम्पूर्ण अनलाईन भोटिङ्गको निरिक्षण, सुपरिवेक्षण गरिनुपर्छ । प्रतिनिधिलाई पठाइने इमेलको दुरुपयोग नहोस भन्नका लागि अडिटर लगसम्म अनुगमन समितिको पहुंच हुनुपर्छ,ु पत्रमा भनिएको छ।

उनीहरुले निवर्तमान समितिले प्रतिनिधि ९डेलिगेट्स० को नामावली पठाउने भन्ने निर्देशन खारेज गरी संघमा गत १८ वर्ष देखि भए गरिएको चलन, स्थापित मान्यता, प्राकृतिक न्यायको सिद्धान्त अनुरुप नवनिर्वाचित कार्यसमितिले नै प्रतिनिधि पठाउने व्यवस्था मिलाउन पनि माग गरेका छन् ।