logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्लाहीमा चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ


अंकुरण खबर
780
Shares

सर्लाहीको लालबन्दीबाट प्रहरीले चोरीका  मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ ।

लालबन्दी नगरपालिका-५, का सूर्यदीप चौधरी, रूपेश माझी मुसहर र लालबन्दी नगरपालिका-१५ का सोमबहादुर रेग्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

७ माघमा लालबन्दी नगरपालिका-५, का ज्ञानबहादुर क्षेत्रीको मोटरसाइकल घरको बरन्डाबाट चोरी भएको थियो । प्रदेश २-०३-००१ प १०१९ नम्बरको मोटरसाइकलसहित तीन जना पक्राउ परेका हुन् ।