logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हत्या र लुटपाटमा सम्लग्न नौ जना पक्राउ


अंकुरण खबर
637
Shares

जिल्ला अदालत सप्तरीले विभिन्न मुद्दामा दोषी देखाउँदै फैसला गरे पनि फरार भएका नौ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका राजगढ नगरपालिका-६ का राम किसुन खंग, शिव देव खंग, गर्भी खंग, रामसेवक खंग र हर किशुन खंग रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

यस्तै लुटपाट मुद्दामा फरार रहेका डाक्नेश्वरी नगरपालिका-२ का दयावती बि.क, विरेन्द्र बि.क र दुलारी देवी वि.कलाई पनि पक्राउ गरी जरिवाना असुलीका लागि अदालतमा उपस्थित गराएको प्रवक्ता काफ्लेले बताए।

विभिन्न मुद्दामा फैसला भई फरार रहेकाहरूलाई पक्राउ गर्ने अभियानअन्तर्गत  प्रहरीले पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्दाका आरोपीहरूले जनही पाँच सय तिर्नुपर्ने र लुटपाट मुद्दाका दोषी दयावति बि।कले २१, विरेन्द्र बि.क र दुलारी बि।कले ५० रुपैयाँ तिर्नुपर्नेछ।