logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पृथ्वीमा कति प्रजातिका रूख होलान् ? वैज्ञानिकहरू भन्छन्, ‘पहिला सोचेभन्दा धेरै’


अंकुरण खबर
1.287K
Shares

पृथ्वीमा रूखको प्रजाति सङ्ख्या पहिले सोचिएकोभन्दा १४ प्रतिशत बढी भएको अनुसन्धानकर्ताहरू बताएका छन्।

विश्वसनीय वैज्ञानिक आकलनका आधारमा त्यो निष्कर्षमा पुगिएको उनीहरूको भनाइ छ। अनुमानित ७३,३०० प्रजातिमध्ये अनुसन्धानकर्ताहरूले ९,२०० प्रजातिका रूखहरू अझै पत्ता लाग्न बाँकी भएको बताएका छन्।

तर उष्णप्रदेशीय वनका धेरै दुर्लभ प्रजातिहरू जलवायु परिवर्तन र वनविनाशका कारण तीव्र रूपमा लोप भइरहेका छन्। यो अध्ययन संसारभरिका एक लाखभन्दा बढी वन क्षेत्रमा रहेका लाखौँ रूखहरूको तथ्याङ्कमा आधारित छ।

अनुसन्धानकर्ताहरूले तथ्याङ्कशास्त्रका पद्धतिहरू प्रयोग गरेर रूखका प्रजातिको सङ्ख्या अनुमान गरेका थिए। यस क्रममा अहिले विद्यमान तथ्याङ्कका कमजोरीहरू पनि सच्याइएको थियो।

उक्त अध्ययनको निष्कर्षले पृथ्वीको यस अद्भुत जैविक स्वरूपलाई जोगाउन थप कदम आवश्यक रहेको देखाएको थियो। खाना, काठपात तथा औषधिका लागि प्रयोग हुने रूखहरूले जलवायु परिवर्तन न्यूनीकरण गर्न वायुमा रहेको कार्बन डाईअक्साइड सोस्ने गर्छ।

सेन्ट पाउलस्थित मिनिसोटा विश्वविद्यालयका प्रमुख अनुसन्धानकर्ता डा. पिटर राइसका अनुसार यो अध्ययनको परिणामले विश्वभरि विभिन्न प्रजातिका रूखहरू जोखिममा रहेको देखाएको छ।

रूखका अधिकांश प्रजातिहरू उष्णप्रदेशीय देशहरूमा पाइन्छन्।

उनले भने,”हामीसँग उपलब्ध तथ्याङ्कले रूखका प्रजातिहरू कहाँ चाहिँ बढी जोखिममा छन् भन्ने मूल्याङ्कन गर्न सहयोग गर्छ।”

“दक्षिण अमेरिका, अफ्रिका, एशिया र ओशेनियाका उष्णप्रदेश र उपोष्णप्रदेश त्यस्ता ठाउँ हुन् जहाँ हामीले ज्ञात तथा अज्ञात दुर्लभ प्रजातिका रूखहररू फेला पारेका थियौँ।”

“यी क्षेत्रहरूको बारेमा थाहा पाउनुले सम्भवतः भविष्यमा गरिने संरक्षणका कदमहरूलाई प्राथमिकीकरण गर्न सघाउ पुर्‍याउनेछ।”

लोप भएका रूखका प्रजातिहरूको सङ्ख्या दक्षिण अमेरिका महाद्वीपमा धेरै देखियो। त्यहाँ कुल सङ्ख्याको ४३ प्रतिशत प्रजाति लोप भएका हुन्।

त्यस्तै युरेशियामा २२ प्रतिशत, अफ्रिकामा १६ प्रतिशत, उत्तर अमेरिकामा १५ प्रतिशत र ओशियानामा ११ प्रतिशत छन्।

विविधायुक्त प्राकृतिक जङ्गलहरू निकै स्वास्थ्यकर र उत्पादनशील हुन्छन्। ती वैश्विक अर्थतन्त्र र प्रकृतिका लागि पनि महत्त्वपूर्ण छन्।

ज्ञात तथा अज्ञात दुर्लभ प्रजातिका रूखहररू फेला परेका छन्।

रूखका अधिकांश प्रजातिहरू उष्णप्रदेशीय देशहरूमा पाइन्छन् जहाँ वनविनाश निम्न लिखित कारणहरूले हुने गरेको छ:

उक्त अध्ययनमा विभिन्न देशका १४० भन्दा बढी अनुसन्धानकर्ताहरू संलग्न थिए। अक्सफर्ड विश्वविद्यालयका डा. यादविन्दर माल्हीले “उष्णप्रदेशीय जङ्गलहरू जैविक विविधताको खजाना” भएको र तिनले वातावरणमा भएको कार्बन डाईअक्साइड उल्लेख्य मात्रामा सोसेर वैश्विक तापमानवृद्धि कम गर्न प्रमुख भूमिका निर्वाह गर्ने बताए।

“यस अध्ययनले उष्णप्रदेशीय जङ्गलहरूमा रूखका प्रजातिहरू हामीले पहिले सोचेभन्दा निकै बृहत् र विविध रहेको देखाएको छ।”

बीबीसीको सहयोगमा