logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शेयर बजार १९ अङ्कले बढ्यो


अंकुरण खबर
715
Shares

आज शेयर बजार १९ अङ्कभन्दा धेरैले बढेको छ ।

मंगलबार शेयर बजार परिसूचक नेप्से १९ दशमलव २६ अङ्कले बढेर दुई हजार आठ सय ९१ दशमलव ३४ विन्दुमा पुगेको हो ।

आज सबैजसो समूहको शेयर बढेकोमा जलविद्युत् समूहको शेयर एक सय नौ अङ्कले, विकास बैंक समूहको ८१, माइक्रोफाइनान्स समूहको शेयर ४९ अङ्कले बढेको छ ।

आज दुई सय २३ कम्पनीको एक करोड २१ लाख कित्ता शेयर ६ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेशनल हाइड्रो पावर कम्पनीको ३९ करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज वीन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि निरुदे लघुवित्त विकास बैंकको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।