logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सोनाम ल्होसारले साँस्कृतिक ऐक्यबद्धता बढाउन योगदान पुर्‍याउने सभामुखको विश्वास


अंकुरण खबर
520
Shares

सभामुख अग्निप्रसाद सापकोटाले तामाङ समुदायको नयाँ वर्ष २८५८ एवं सोनाम ल्होछार (ल्होसार)को अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् ।

तामाङ, ह्योल्मो लगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको आफ्नै विशेषता र महत्व रहेको बताउँदे सभामुख सापकोटाले चन्द्र पात्रोमा आधारित यो नयाँ बर्षसँगै आजदेखि बाघ वर्ष सुरु भएको बताएका छन् ।

‘यस पर्वले सामुदायिक एकत्व, आपसी हित, भातृत्व र सामाजिक एवं साँस्कृतिक ऐक्यबद्धता बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छु । भिन्न–भिन्न जात जातिले मनाउने पहिचान सहितका हाम्रा मौलिक चाड पर्वहरुको संरक्षण र सम्वर्द्धन गर्नु हामी सबैको साझा दायित्व हो,’ उनले भनेका छन् ।

सापकोटाले कोरोना भाइरसको महामारी कायम रहेकोले चाडपर्व मनाउँदा उच्च स्वास्थ्य सतर्कता अपनाउन अपिल गरेका छन् ।