logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?


अंकुरण खबर
897
Shares

नेपाली बजारमा बुधबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको छ ।

बुधबार छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, बुधबार तेजावी सुनको भाउ तोलाको ९१ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २५५ रुपैयाँ  निर्धारण भएको छ ।