प्रेस चौतारी नेपाल सर्लाही शाखा अध्यक्षमा अच्युतम सापकोटा पुन: चयन भएका छन् ।
प्रेस चौतारी नेपाल सर्लाही शाखाको बुधवार भएको भेलाले सापकोटाको अध्यक्षतामा ११ सदस्य जिल्ला कार्य समिति चयन गरेको हो ।
भेलाले कार्य समितिको उपाध्यक्षमा मधु कटुवाल, महिला उपाध्यक्षमा रिना आले, सचिव राजु लो तामाङ, कोषाध्यक्षमा आरती सेन्चुरी, सह-सचिवमा सन्देश अधिकारी र राजकुमार मण्डल तथा सदस्यहरूमा विनय न्यौपाने, दिवाकर वाग्ले, बिक्की दहाल र राधिका पाण्डे चयन गरेको छ ।