logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच स्थानीय निर्वाचनका विषयमा छलफल


अंकुरण खबर
572
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच स्थानीय तहको निर्वाचनसहितका विषयमा छलफल भइरहेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री र प्रचण्डबीच छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिए ।

निर्वाचन आयोगका पदाधिकारीसँग ४ जेठमा निर्वाचन गर्न प्रधानमन्त्री सहमत भएको भोलिपल्ट आज (बुधबार) प्रचण्ड बालुवाटार पुगेका हुन् ।

मंगलबार बालुवाटार  पुगेका निर्वाचन आयोगका पदाधिकारीसँग ४ जेठमा स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री सहमत भएका थिए । सोही  बेला आयोग पदाधिकारी र गृहमन्त्रालयलाई निर्वाचनको तयारी थाल्न प्रधानमन्त्रीले निर्देशन दिएका थिए ।