logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फाइजर र बायोएनटेकले ५ वर्षमुनिका बालबालिकाका लागि खोप ल्याउने


अंकुरण खबर
1.001K
Shares

पाँच वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरूका लागि पनि कोभिड–१९ विरुद्धको खोप आउने भएको छ ।

फाइजर र बायोएनटेकले पाँच वर्षभन्दा कम उमेर समूहका लागि कोभिडविरुद्धको खोप ल्याउने तयारी गरेको हो ।

फाइजर र बायोएनटेक कम्पनीले अमेरिकी स्वास्थ्य नियामक संस्थाहरूलाई पाँच वर्ष र सोभन्दा कम उमेरका बालबालिकाका लागि कोभिड–१९ खोपको आपतकालीन प्रयोग गर्न अनुमति माग्ने तयारी गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ ।

उक्त सञ्चार माध्यमका अनुसार, अहिलेसम्म अमेरिकामा यो उमेर समूहलाई कोरोना विरुद्धको खोप सिफारिस गरिएको छैन ।

भने यी दुई कम्पनीले पाँच वर्षभन्दा कम र ६ महिनाभन्दा कम उमेरका बालकालिकाहरूका लागि दुई थरी खोप लगाउने प्रबन्धका लागि आकस्मिक अनुमति माग्न सक्ने अनुमान गरिएको छ ।

केही समय अघि अमेरिकी खाद्य तथा औषधि प्रशासनले १२ वर्ष उमेर समुहका लागि फाइजरको कोभिड–१९ बुस्टर मात्रालाई अनुमोदन गरेको थियो ।