विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेको देखाएको छ ।
पछिल्लो २४ घण्टामा दैनिक संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार विश्वभर कोरोना भाइरस संक्रमणबाट ११ हजार ६८७ जनाको मृत्यु भएको छ ।
त्यस्तै, विगत २४ घण्टामा विश्वभर ३० लाख १० हजार ३४५ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ३८ करोड ५० लाख ८३ हजार ४९० जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, ३० करोड ५० लाख ५३ हजार ८८४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ५७ लाख १७ हजार ८०९ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ७६४ को ज्यान गएको छ । ६९ हजार २६९ जना सक्रिय संक्रमित रहेका छन् भने ९ लाख ५९ हजार ७७५ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ८ लाख ७८ हजार ७२० जना संक्रमित निको भइसकेका छन् ।