logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१४ अंकले घट्यो नेप्से, आठ अर्ब ६१ करोड रुपैयाँको कारोबार


अंकुरण खबर
429
Shares

साताको अन्तिम दिन आज (बिहीबार)  शेयर बजार परिसूचक नेप्से  साढे १४ अङ्कले घटेको छ ।

नेप्से आज १४ दशमलव ५८ अङ्कले घटेर दुई हजार आठ सय ७६ दशमलव ७५ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार  आज जलविद्युत् र निर्जीवन बीमाबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै एक सय ७३ अङ्कले घटेको छ ।

आज नेप्से घटे पनि कारोबार सङ्ख्या र रकम भने बढेको छ । आज एक करोड ५७ लाख ८० हजार कित्ता शेयर आठ अर्ब ६१ करोड २१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ८२ करोड ७० लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज आरएमडीसी लघुवित्तको शेयर साढे तीन प्रतिशत र पोखरा फाइनान्सको शेयर तीन प्रतिशतले घटेको  छ । समग्र बजार घट्दा पनि विन नेपाल लघुवित्तको शेयर १० प्रतिशत र बुद्धभूमि हाइड्रोको शेयर नौ दशमलव ७३ प्रतिशतले बढेको छ ।