तास खेलिरहेको अवस्थामा दाङबाट आठजना पक्राउ परेका छन् ।
शान्तिनगर गाउँपालिका-५ बैशा बस्ने निराजन मल्लको घरमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–७ बस्ने ३२ वर्षीय वीर बहादुर रावत लगायत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ८२ हजार ३ सय ५ रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको छ ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।