देशभर पछिल्लो २४ घन्टामा थपिएका संक्रमितभन्दा झण्डै तेब्बर बढी संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घन्टामा ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् ।
बितेको २४ घन्टामा १० हजार २६ नमूनाको पीसीआर परीक्षण २ हजार ७४२ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार ५७९ नमूनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बिहीबार १४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ ।