logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज विश्व क्यान्सर दिवस, Close the Care Gap नाराका साथ मनाइदै


अंकुरण खबर
3.133K
Shares

क्यान्सर रोगबाट सबैलाई जोगाउने हेतुले प्रत्येक वर्ष फेब्रुअरि ४ का दिन विश्व क्यान्सर दिवस मनाउने गरिन्छ ।

“Close the Care Gap” (उपचारको खाडललाई बन्द गराऊ) भन्ने अन्तर्राष्ट्रिय नाराका साथ यस वर्ष क्यान्सर दिवस मनाइदै छ ।

नेपालमा पनि क्यान्सरबाट जोगिन जनचेतना फैलाउने उद्धेश्यले सरकारी तथा गैरसरकारी विभिन्न संघ-संस्थाले यो दिवस मनाउने गरेका छन् ।  दिवसकै सन्दर्भ पारेर ललितपुरको हरिसिद्धिमा अबस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले कोरोनाका कारण भर्चुवल माध्यमबाट जनचेतना मुलक कार्यक्रम गर्दै आएको छ । नेपालीको क्यान्सर उपचार नेपालमा नै भन्ने उद्धेश्य राखि सञ्चालित यो अस्पतालले जुनसुकै क्यान्सरको उपचार प्रभावकारी ढंगले गर्दै आएको छ ।

अस्पतालले दिबसकै सन्दर्भ पारेर नेपालमा क्यान्सर रोगको अबस्था, क्यान्सर रोगबाट के कसरी बच्ने , क्यान्सर रोगीको उपचार, संभावना र चुनौतीका बिषयमा मन्त्रालय, क्यान्सरसंग सम्बन्धित विभिन्न संघ-संस्था र जनस्तरमा भर्चुवल माध्यमबाट छलफल गरिरहेको छ ।

अस्पतालले आज साँझ ५ बजेदेखि ६ बजेसम्म जुम मिटिङ राखेको छ । मिटिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट डाक्टर मधन कुमार उपाध्याय, अस्पतालबाट डा. सुदिप श्रेष्ठ, डा. गिसुप निख प्रसिकोको सहभागिता हुनेछ । छलफलमा जुन आइडी २६६६३४७८३० र पासपोर्ट nchrc को प्रयोग गरि इच्छुक सबै सहभागी हुन पाउने छन् । अस्पतालले यस अघि पनि विभिन्न कार्यक्रम गर्दै गरेको छ ।