logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सहकारीको रकम हिनामिनामा दोषी सावित भएका पञ्चमान महर्जन पक्राउ


अंकुरण खबर
1.768K
Shares

काठमाडौंको साईनिङ् स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको रकम हिनामिनामा दोषी सावित काठमाडौं–१५ का ४८ वर्षीय पञ्चमान महर्जन पक्राउ परेका छन् ।

उक्त को–अपरेटिभमा जम्मा गरेको निक्षेप रकम २२ करोड ६४ लाख ९४ हजार ४७८ रुपैयाँ जाहेरवालाहरुलाई फिर्ता नदिई सो आर्थिक लाभ हुने ऋण प्रवाह तथा असुली गर्दा ठगी गरेको आरोपमा दोषी सावित गर्दै १९ असार २०७३ मा काठमाडौं जिल्ला अदालतले संस्थाका लेखा समिति संयोजक महर्जनलाई ६ महिना कैद र ३५ लाख ६८ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो ।

तर, फरार रहँदै आएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले २० माघमा स्वयम्भूबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार फैसला कार्यान्वयनको लागि शुक्रबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।