logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्यान्सरका कारण नेपालमा वर्षीनै हजारौंको मृत्यु, विशेषज्ञ भन्छन् : यति गरे जोगिन सकिन्छ


अंकुरण खबर
3.159K
Shares

अझै पनि धेरैको बुझाई छ की क्यान्सर बुढ्यौली पनमा मात्र देखिन्छ । तर त्यसो हैन् क्यान्सरका बिरामीहरु दिन-प्रतिदिन बढीरहेका बेला के बालबालिका,के युवा, के वृद्धवृद्धा सबै उमेर समुहका व्यक्तिहरुमा क्यान्सर देखिन सक्छ । क्यान्सर लाग्ने कारण, यसका लक्षण र बच्ने उपायबारे अंकुरण खबरका लागि वरिष्ठ कन्सल्टेन्ट मेडिकल अन्कोलोजिष्ट तथा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर डा.विजेश राज घिमिरेसंग गरिएको कुराकानी…

क्यान्सरका बिरामी नेपालमा मात्र नभएर विश्वमानै धेरै छन् । नसर्ने रोगका कारण मृत्यु हुनेको संख्यामा सबै भन्दा धेरै क्यान्सर रोग नै बनेको छ । विकसित देशमा क्यान्सरका कारण मृत्यु हुनेको संख्या केही कम भएपनि नेपाल जस्तो देशमा क्यान्सरकै कारण वर्षीनै धेरैको मृत्यु हुने गरेको छ ।

क्यान्सर के हो ?
क्यान्सर नसर्ने तर प्राणघातक रोग हो। हाम्रो शरीर असंख्य कोश-कोशिका मिलेर बनेको हुन्छ । ती कोशिकामा विभिन्न कारणले खराबी उत्पन्न भयो भने अस्वभाविक र अनियन्त्रित तबरले शरीरमा कोष तथा कोषिकाहरुको वृद्धिहुँदा स-सना गिर्खा बन्छ । त्यस्ता गिर्खा छिट्टै शरीरमा फैलन्छ र हानी गर्छ यसलाईनै क्यान्सर भनिन्छ । यो शरीरको जुनसुकै भागमा लाग्न सक्छ ।

क्यान्सर लाग्ने कारण के-के हुन् ?
क्यान्सर धेरै कारणले लाग्न सक्छ जसमध्ये सूर्ति जन्य पदार्थ, धुम्रपान तथा मध्यपानको बढी सेवान।
अस्वस्थ खानपान ( अस्वस्थ, बासी,सडेगलेका खाना,जङ्क फुडहरुको प्रयोग)।
बिलाशी जीवन शैली ।
बंशाणुगत गुण ।
प्रदुषित वातवरण।
रसायन, विकिरिण आदिका कारण क्यान्सर हुन सक्छ ।

क्यान्सर भएको कसरी थाँहा पाउने ?

शरीरका विभिन्न ठाँउमा गाँठागुठी देखिनु, सामान्य घाउ वा रोग लाग्दा छिटो निको नहुनु, थकान महसुस हुनु, ज्वरो आउनु, मुख र जिब्रोमा घाउ आउनु, शरीरमा रगतको कमी हुनु । त्यस्तै तौल कम हुँदै जानु, दिसा पिसाको रंगमा परिवर्तन हुनु, महिनावारी हुँदा रक्तस्राब धेरै भएमा क्यान्सर लागेको हुनसक्छ ।

के क्यान्सर लागेपछि पूर्ण निको हुन्छ ?

क्यान्सरको बारेमा अझै पनि धेरै भ्रम छ, यो लागे पछि निको हुदैन्, बिरामीको मृत्यु भैहाल्छ तर त्यसो हैन् सुरुको अवस्थामा रोग परिचाहन गरी सही उपचार पाएमा पूर्ण निको हुन्छ । तर जति ढिला भयो उति हर दृष्टिले कठीन हुन्छ ।

क्यान्सर लाग्नबाट कसरी बच्ने ?

यसबाट बच्ने सबै भन्दा राम्रो उपाय भनेकै यो लाग्ने कारणबाट जोगिनु हो ।
यसको अलावा नियमित स्वास्थ्य परीक्षण गराउने ।
यदि घरमा कसैलाई क्यान्सर भएको छ भने अझ बढी सचेत हुनुपर्छ।
स्वास्थ्य खानपान र जीवनशैली अपनाउने ।
शरीरमा अनावश्यक गाठागुठी आएमा, बढेमा, रंग परिवर्तन भएमा परीक्षण गराइहाल्ने।
सक्रिय जीवनशैली अप्नाउने।
अल्ट्राभ्वाइलेट किरणहरुबाट बच्ने।
नियमित शारीरिक व्यायाम गर्ने ।
क्यान्सको कुनैपनि शंका लागेमा सुरुमै परीक्षण गराइहाल्ने ।

नेपालमा कुन अंगको क्यान्सरहरु बढी पाइन्छ ?
क्यान्सर सबैअंगमा लाग्न सक्छ तर हाम्रो देशको अवस्था हेर्ने हो भने, स्तन क्यान्सर, गर्भाशयको क्यान्सर सर्भाइकल (पाठेघरको मुखको) क्यान्सर धेरैमा देखिन्छ । त्यस्तै फोक्सोको क्यान्सर,आमाशयको क्यान्सर, रक्त क्यान्सर,मुखको क्यान्सर, ब्रेन क्यान्सर आदिको क्यान्सर धेरै देखिन्छ ।

के नेपालमै संभव छ क्यान्सरको उपचार ?

क्यान्सर गम्भीर र चुनौतिपूर्ण रोग भएपनि यसको पहिचान समयमै हुन सक्यो भने सम्पूर्ण रुपमा निको पार्न सकिन्छ । पछिल्लो समय चिकित्सा क्षेत्रमा नेपालमा भित्रिएका आधुनिक प्रविधि र दक्ष चिकित्सकका कारण सबै प्रकारका उपचार नेपालमानै संभव छ । उपचारका लागि बिदेशीनु पर्ने बाध्यता हट्दै गएको छ ।