logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थप दुई हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु


अंकुरण खबर
598
Shares

नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ५२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

६ हजार ६५५ पीसीआर परीक्षण गर्दा एक हजार ६०२ जनामा र चार हजार ४१८ एन्टिजेन परीक्षण गर्दा ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५६ हजार ४५७ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा आठ हजार ४२५ जनामा कोरोना संक्रमणमुक्त हुँदा १६ जना संक्रमितको मृत्यु भएको छ ।