logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टामा देशभर थपिए १,३८६ संक्रमित, ११ जनाको मृत्यु


अंकुरण खबर
663
Shares

पछिल्लो २४ घन्टामा १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो । ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८३ र २ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा २०३ गरी १ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४५ हजार २४८ सक्रिय संक्रमित छन् ।