logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमसीसीको बिरोधमा साना बामपन्थी दल भोली देखी सडकमा


अंकुरण खबर
481
Shares

अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई प्रतिनिधिसभावाट पारित गर्ने तयारी तिव्र भईरहेको बेला साना बामपन्थी दलले भने बिरोधमा भोली देखी आन्दोलन चर्काउने भएका छन ।

२५ माघमा देशैभरी संयुक्त कोणसभा गर्न लागेका साना बामपन्थी दलले माघ २६ गते काठमाडौं उपत्यकामा माइतीघरवाट जुलुससहित संसद भवन अगाडी बिरोध प्रदर्शन र देशैभरी सदरमुकामहरुमा संयुक्त बिरोध प्रदर्शन र सभा आयोजना गर्ने निर्णय लिएका छन ।

‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसदवाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधिनता माथीको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसका बिरुद्ध शशक्त आन्दोलन सृष्टी गर्न’ अपिलसमेत गरेका छन् ।

यसरी अपिल गर्ने साना बामपन्थी दलहरुमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजित बुढाथोकीको नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी रहेका छन ।

साथै, मोहन बैद्य र मोहनविक्रम सिंहका पार्टीका मोर्चाहरु क्रमशः सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा नेपालले पनि उक्त आन्दोलनमा सामेल हुने भएको छ ।