logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वप्रधानमन्त्री भट्टराई कोरोना संक्रमणमुक्त


अंकुरण खबर
650
Shares

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीि डा. बाबुराम भट्टराई कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

‘१२ दिन पछि कोरोना संक्रमणबाट मुक्त भएको छु। पिसिआर रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भनेका छन् ।

अब सार्वजनिक कार्यक्रममा फर्कने उल्लेख गर्दै भट्टराईले भनेका छन्, ‘देशभित्र र बाहिरबाट स्वास्थ्यलाभको कामना गर्नुहुने, शुभेच्छा व्यक्त गर्नुहुने सबैमा हार्दिक आभार ।’