logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ


अंकुरण खबर
2.886K
Shares

सुर्खेतको वीरेन्द्रनगर २ खोलीगाउँमा आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

खोलीगाउँकी ५७ वर्षीया शान्ति थापाको हत्या गरेको आरोपमा उनका छोरा ३० वर्षीय रमेशबहादुर थापालाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रमेशले आमालाई शनिबार घर नजिकको खेतमा कुटपिट गरी घाइते बनाएको प्रहरीको भनाइ छ । घाइते आमाको आइतबार मृत्यु भएको सूचना जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई प्राप्त भएको थियो।

सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक कनकबहादुर शाहीका नेतृत्वमा घटनास्थलमा अनुसन्धान टोली परिचालन गरेको थियो । प्रहरीले घटनास्थलमा मुचुल्का र पोस्टमार्टम रिपोर्टको प्रारम्भिक अनुसन्धान गरी शव छोरी चम्पा थापाको जिम्मा लगाएको जनाएको छ ।

हत्या आरोपमा पक्राउ परेका रमेशलाई आज सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रारम्भ गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।