logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

गोकर्णेश्वर नगरपालिकामा विद्यालय खुले, पठनपाठन सुरु


अंकुरण खबर
1.768K
Shares

कोरोनाको तेस्रो लहरको संक्रमण उच्च गतिमा बढेपछि सरकारले स्मार्ट लकडाउनको घोषणा गर्दै माघ मसान्तसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

जसअनुसार देशभरका सबै शैक्षिक संस्था बन्द छन् । तर, संघीय राजधानी काठमाडौको गोकर्णेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्रका निजी तथा सामुदायिक विद्यालय २३ माघदेखि भौतिक उपस्थितिमै सञ्चालन गर्ने निर्णयसहितको सूचना जारी गर्यो ।

Avatar

नगरपालिकाको शिक्षा समितिको गत १८ माघमा बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । आइतबार विद्यालय खुले पनि सरस्वती पूजा भएको हुनाले सोमबारबाट नियमित पठनपाठन सञ्चालन भएको छ ।

Avatar

सिसिएमसीले भने १ फागुनदेखि भौतिक रूपमै बिद्यालय खोल्न सरकारलाई सिफारिस गरेको छ । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले स्थानीय सरकारको अधिकार प्रयोग गरेर विद्यालय सञ्चालन गर्ने निर्णय गरेका बताए ।

Avatar

नगरपालिकाभित्रका सबै बिद्यालयमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको फाइजर खोपको पहिलो मात्रा दिइसकेको र आजबाट दोस्रो मात्रा दिन सुरु गरेको नगरपालिकाको स्वास्थ्य शाखाले बताएको छ ।