logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिजुलीको पोलबाट खसेर प्राधिकरणका कर्मचारीको मृत्यु


अंकुरण खबर
1.612K
Shares

बिजुलीको पोलमा चढेर बिजुली मर्मत गर्ने क्रममा झरेर नेपाल विद्युत प्राविधिकरण ताप्लेजुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ ।

फुङ्लिङ नगरपालिका-४ क्याम्पस लाइन निवासी ४८ वर्षीय सूर्यप्रकाश लिम्बूको पोलबाट खसेर सोमबार मृत्यु भएको हो ।

पोलबाट भुइँमा बजारिएर घाइते भइ ताप्लेजुङ जिल्ला अस्पताल लगेको र अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख बाल नरसिंह राणाले बताए ।

विरेन्द्र चोक नजिक पोलमा चढेर बिजुली बनाइरहेको अवस्थामा भुईमा बजारिएपछि केदेमको मृत्यु भएको जिल्ला  प्रहरी कार्यालयले जनाएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।