सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ ।
सोमबार(आज) बसिरहेको मन्त्रिपरिषद्को बैठकले ३० वैशाखमा स्थानीय निर्वाचनको मिति तय गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि निर्वाचन आयोगका आयुक्तहरूसँग स्थानीय चुनावबारे छलफल गरेका थिए । निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि मिति प्रस्ताव गरेको थियो । तर आजको मन्त्रिपरिषद्को बैठकले वैशाखमै चुनाव गर्ने निर्णय गरेको हो ।