logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ब्राउन सुगरसहित दुईजना पक्राउ


अंकुरण खबर
1.053K
Shares

लागूऔषध ब्राउन सुगरसहित प्रहरीले काठमाडौंको कपनबाट दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा बस्‍ने २२ वर्षीय पासाङ छिरिङ शेर्पा र भिमदत्त नगरपालिका महेन्द्रनगर स्थाइ घर भई बुढानीलकण्ठ नगरपालिका १० कपन आकासेधारा बस्‍ने २७ वर्षीय खगेस खत्री रहेका छन् ।

महानगरी प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले उनीहरूलाई सोमबार ६ ग्राम ब्राउ सुगरसहित पक्राउ गरेको हो । उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत बौद्धले जनाए ।