logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य पाँच सयले बढ्यो, कति पुग्यो ?


अंकुरण खबर
1.456K
Shares

मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९३ हजार एक सय रुपैयाँ कायम भएको छ ।

सोमबार तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज तेजावी सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ ।

सोमबार एक हजार २५५ रुपैँयामा कारोबार भएको चाँदी मंगलबार प्रतितोलामा एक हजार २६० रुपैयाँ निर्धारण भएको छ ।