उदयपुरको कटारी नगरपालिका-४ कटारी बजारका २७ वर्षीय रवीन तामाङको शव फेला परेको छ ।
सुनकोसी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तामाङको शव घटनास्थलबाट करिब १६ किलोमिटर तल कटारी नगरपालिका- १४ घुर्मी नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बवदप्रसाद गौतमले जानकारी दिए ।
गत १५ माघमा सिन्धुलीको फिक्कल गाउँपालिका-४ खार्साङस्थित सुनकोसी नदीमा पौडी खेल्ने क्रममा रवीन बेपत्ता भएका थिए ।
इलाका प्रहरी कार्यालय कटारीको टोलीले खोजतलास गर्ने क्रममा आज उनको शव फेला पारेको हो । शव कानुनी प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाइएको छ ।