logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाँच हजार किलो अवैध केराउसहित ट्रक चालक पक्राउ


अंकुरण खबर
754
Shares

कपिलवस्तु यशोधरा गाउँपालिका–७ मर्यादपुरबाट करिब पाँच लाख रुपैयाँ मूल्य बराबरको पाँच हजार किलो केराउसहित प्रहरीले युपि५५टि २२९५ नम्बरको ट्रकका चालकलाई पक्रेको छ ।

ट्रकका चालक भारत सिद्धार्थनगर ग्राम इटवाका २७ वर्षीय धनप्रकाश अग्रहरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

नेपालबाट भारतको इटवातर्फ जाँदै गरेको उक्त ट्रकलाई प्रहरी चौकी मर्यादपुरबाट खटिएको टोलीले पक्रेको छ ।

बरामद केराउ र ट्रकसहित चालकलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सुठौली पठाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।