logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सत्यमोहन जोशीको स्वास्थ्य सुधारोन्मुख, पिसिआर रिपोर्ट आउन बाँकी


अंकुरण खबर
910
Shares

अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

श्वासप्रश्वाससँगै फोक्सोमा समस्या भएपछि सोमबार राति किस्ट मेडिकल कलेज भर्ना भएका जोशीको स्वास्थ्य अवस्था सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएको पत्रकार गिरीश गिरिले जानकारी दिए ।

जोशीको कोभिड-१९ परीक्षण पनि गरिएको छ । तर, पिसिआर रिपोर्ट आउन बाँकी छ ।