logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि बढ्यो सुनको मूल्य


अंकुरण खबर
2.34K
Shares

नेपाली बजारमा बुधबार सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९३ हजार चार सय रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाल सुनको भाउ तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य तोलाको ९२ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोलामा २० रुपैयाँले बढेको छ । सोमबार एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा एक हजार २८० रुपैयाँ  कायम भएको महासंघले जनाएको छ ।