logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा एकैदिन १४ सय ३८ जना सवारी चालकमाथि कारवाही


अंकुरण खबर
2.106K
Shares

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार चार सय ३८ जना सवारी चालकहरूलाई कारवाही गरेको छ ।

मंगलबार काठमाडौं उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ९७ जना, क्षमता भन्दा बढी यात्रु राख्ने १५ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ८५ जना रहेका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५७ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६५ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २० जना र मदिरा पिएर सवारी साधन चलाउने ३५ जना चालकहरूलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।