logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा  देशभर २४०१ कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु


अंकुरण खबर
1.144K
Shares

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा ११ हजार ६०३ जनाको पीसीआर र ४ हजार ७५३ जनाको एन्टीजेन गरी कूल १६ हजार ३५६ जनाको कोरोना परिक्षण  २ हजार ४ सय १ जनामा कोरोना पुष्टि भएको हो ।

सोही अवधिमा ७ हजार ७ सय ७७ जना संक्रमणमुक्त भएका छन् । आज थप १४ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै संक्रमितमध्ये हालसम्म ११ हजार ८५२ जनाले ज्यान गुमाएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३० हजार २४१ छ । यसैबीच, पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार ७८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।