logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एसईई परीक्षा वैशाख ९ गतेदेखि हुने


अंकुरण खबर
793
Shares

माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ ।

बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको बताए ।

स्थानीय तहको चुनावलाई ध्यान दिँदै वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको बोर्डले जनाएको छ ।

पछि कर्मचारीहरू निर्वाचनमा खटिने भएकाले परीक्षा प्रभावित हुनसक्ने भन्दै उनले वैशाख ९ बाट परीक्षा सञ्चालन हुने बताएका हुन् ।