logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विशेष कारण देखाउँदै माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित


अंकुरण खबर
494
Shares

माओवादी केन्द्रको २८ र २९ माघमा बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

माओवादी केन्द्रको सचिवालयले विशेष कारणवश केन्द्रीय समिति बैठक स्थगित भएको जनाएको छ ।

माओवादी केन्द्रले पदाधिकारी छनोट गर्ने भन्दै प्रज्ञा प्रतिष्ठान कमलादीमा दुई दिनका लागि बैठक बोलाएको थियो ।

माओवादीको राष्ट्रिय महाधिवेशनले अध्यक्ष र केन्द्रीय सदस्य चयन गरे पनि अन्य पदाधिकारी छनोट गर्न सकेको छैन । कोरोनालाई विशेष कारण देखाएर बैठक सारिएको माओवादी केन्द्रका एक नेताले बताए ।

उनका अनुसार बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसीका विषयमा गठबन्धनमा ठोस सहमति नजुटेसम्म माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्ने सम्भावना छैन ।