नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८८० जनाको नमूना परीक्षण गर्दा थप १ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार २ सय ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।
देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २९ हजार ४ छ ।