logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

देशभर थपिए १३६९ कोरोना संक्रमित, थप १२ जनाको मृत्यु


अंकुरण खबर
1.365K
Shares

देशभर पछिल्लो २४ घण्टामा १३ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८ सय ८० जनाको पिसिआर परीक्षण गर्दा १ हजार १३ र ३ हजार जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ५६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २ हजार २ सय ३८ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १२ संक्रमितले ज्यान गुमाएका छन् ।

आज थपिएकासँगै देशभर सक्रिय संक्रमित संख्या २९ हजार ४ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा २ लाख २० हजार ६ सय १ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।