logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निमोनिया र मुटुपछि सत्यमोहन जोशीमा प्रोष्टेटको समस्या


अंकुरण खबर
923
Shares

वाङ्मय शताब्दी पुरुष डा.सत्य मोहन जोशी किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत छन् ।

जोशीमा पछिल्लो समयमा देखिएको निमोनिया संक्रमणका साथै मुटुमा देखिएको समस्याको उपचार भइरहेको अस्पतालले जनाएको छ । फोक्सोमा पानी जमेको अवस्था भएकाले प्लुरल टयापिङ् गरिएको अस्पतालले जनाएको छ । जोशीलाई प्रोष्टेटको समस्या समेत भएको हुँदा सोका कारण युरिन ईन्फेक्सन देखिएको अस्पतालले जनाएको छ ।

यस सम्बन्धमा युरोलोजिष्टको निगरानीमा उपचार प्रारम्भ गरिएको अस्पतालले जनाएको छ । आजबाट चेष्टफिजियोथेरापी समेत शुरु गरिएको अस्पतालले जनाएको छ ।