logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तुलसीपुर आगलागी अपडेट : ५ जनाको मृत्यु , लाखौंको क्षति


अंकुरण खबर
910
Shares

दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको ज्यान गएको छ ।

बिहीबार राति करिब पौने २ बजे आगलागी हुँदा मानवीय क्षति भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिए । चार पुरुष र एक बालिकाको शव फेला परेको उनले बताए । चार तले भवनमा आगलागी भएको हो ।

राति लागेको आगो तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासीले बिहान नियन्त्रणमा लिएका थिए ।

विद्युत सर्ट भएर गोदाममा आगलागी भएको हुनसक्ने प्रहरीको आँकलन छ ।