logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिहान तराईमा हुस्सु, दिउँसो प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना


अंकुरण खबर
871
Shares

हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।

बिहान तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

राति प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

शनिबार भने मौसममा सुधार हुने देखिएको छ । देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने आँकलन महाशाखाले गरेको छ ।