logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेलाई लाग्यो स्थानिय तह निर्वाचन, पहिलो पटक आज औपचारिक कार्यक्रम


अंकुरण खबर
1.313K
Shares

स्थानिय तहको निर्वाचनको मिति घोषणा भएलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सोको तयारीको बारेमा औपचारिक रुपमा पहिलो पटक कार्यक्रम गर्ने भएको छ ।

आगामी ३० बैशाखमा एकै चरणमा स्थानिय तहको निर्वाचन गर्ने मिति घोषणा भए लगत्तै एमालेले स्थानिय तहको निर्वाचनको तयारी केन्द्रित प्रशिक्षण र अभिमुखीकरण कार्यक्रमको आयोजना शुक्रवार गर्न लागेको हो ।

‘कार्यक्रममा पार्टी केन्द्रिय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, संघीय सांसदहरु, प्रदेश सभा सदस्यहरु तथा जिल्ला कमिटीका पदाधिकारीहरु एवम प्रशिक्षणका लागि तोकिएका प्रशिक्षार्थीहरु सहभागी हुनेछन,’ एमाले प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालले जानकारी दिए ।

उनका अनुसार शुक्रबार अपरान्ह १ बजे केन्द्रीय कार्यालय, थापाथलीबाट अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल सम्वोधन गर्नेछन् ।