logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा एकैदिन १७ सयभन्दा बढी सवारी चालकमाथि कारवाही


अंकुरण खबर
988
Shares

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ७०३ जना सवारी चालकमाथि कारवाही गरेको छ ।

बिहीबार काठमाडौं उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको महानगरीय ट्राफीक प्रहरी महाशाखाले जनाएको छ ।

कारवाहीमा पर्ने सवारी चालकमा फुटपाथमा पार्किङ गर्ने १४६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८३ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ५६ जना रहेका छन् ।

ढोका खुल्लै राखेर सवारी चलाउने ४९ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने ३५ जना, मदिरा पिएर सवारी साधन चलाउने ४४ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २१ जना चालकलाई पनि कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।