logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाले बन्द पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि खुल्यो


अंकुरण खबर
351
Shares

कोरोना भाइरस महामारीका कारण झन्डै एक महिनादेखि दर्शनार्थीका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर आज शुक्रबारबाट खुलेको छ ।

काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले मठमन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान कायम गरेपछि मन्दिर खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले जानकारी दिए । तर, दर्शनार्थीले मास्क अनिवार्य लगाउनुपर्नेछ भने सरकारबाट जारी भएका स्वास्थ्य मापदण्ड पालना गरिनेछ ।

५ माघदेखि दर्शनार्थीका लागि पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो ।

सिसिएमसिसीको सिफारिसमा सरकारले मठमन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न दिने निर्णय गरिसकेको छ ।