logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले एक्लै चुनाव लड्छ, मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेखे हुन्छ :ओली


अंकुरण खबर
715
Shares

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी एक्लै लड्ने बताएका छन्।

शुक्रबार आज स्थानीय तह निर्वाचन तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण तालिममा अध्यक्ष ओलीले एमालेलाई जनतामा विश्वास रहेको दाबी गरे। आगामी चुनावमा आफ्नो पार्टी फुटाउनेहरुसंग कहिल्यै सहकार्य नहुने अध्यक्ष ओलीको दाबी थियो ।

उनले भने पार्टी सफलतामा पुग्यो, कसरी यसलाई फुटाउने र सरकार गिराउने भनेर लागेका र हामीले निष्कासन गरेका मान्छे कायमै राखेर नयाँ पार्टी बनाउन सहयोग गर्नेसँग कुनै तालमेल हुन्छ कि भन्ने भ्रम नपालौं । नेकपा एमालेले देश र जनताविरूद्ध कुनै काम गर्दैन। त्यसैले हामी एक्लै निर्वाचन लड्छौं।

स्थानीय तहमा आवश्यकताका आधारमा भने तालमेल हुन सक्ने ओलीको भनाई थियो । अध्यक्ष ओलीले सभामुख अग्नि प्रसाद सापकोटालाले संसदलाई भेन्टिलेटर पु¥याएको आरोप लगाए ।

वर्तमान सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध बिगारेकाले देश विदेशी शक्ति राष्ट्रहरूको खेल मैदान हुँन लागेको ओलीले बताए ।