चितवनमा पुनः वर्ड फ्लू देखिएको छ ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार राप्ती नगरपालिका–६ मा रहेको अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो ।
कुखुरा मर्न थालेपछि मंगलबार नमूना संकलन गरी काठमाडौं ल्याइएको थियो । बिहीबार आएको रिपोर्टमा बर्ड फ्लू पुष्टि भएको छ । नमुनामा बर्डफ्लूको एचपाइभ एनवान देखिएको हो।
उक्त फर्ममा दुई हजार कुखुरा छन् । उक्त फर्मको १०० मिटर वरपर रहेका पक्षी नष्ट गर्न निर्देशन दिइएको छ । त्यस आसपासका अन्य शंकास्पद फर्ममा पनि नमुना संकलन गरी परीक्षण गर्न लागिएको छ ।