logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ सय ९० जना चालकमाथि कारवाही


अंकुरण खबर
559
Shares

ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार २९० जना सवारी चालकमाथि कारवाही गरेको छ ।

शनिबार काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियमको पालना गरेको नपाइएपछि उनीहरुलाई कारवाही गरिएको हो ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १०२ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६५ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६० जना र ढोका खुल्लै राखेर सवारी चलाउने ५३ जना सवारी चालक छन् ।

यस्तै शनिबार नै अवस्था ठिक नभएको सवारी साधन चलाउने २२ जना, मदिरा पिएर सवारी साधन चलाउने ५४ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ९ जना चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।